Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा तालिम इन्स्टिच्यूट संचालनमा

२०७५ श्रावण ६ गते

बैंकिङ खबर । बीमा तालिम इन्स्टिच्यूट आइतबार (साउन ६ गते)देखि संचालनमा आएको छ । विहान १० बजे बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले इन्स्टिच्युटको औपचारिक रुपमा उद्घाटन गरे । उद्घाटन भएसँगै इन्स्टिच्युटमा तालिम सुरु भएको छ ।

बीमा तालिम इन्स्टिच्यूटको अध्यक्ष्यमा बीमा समितिका निर्देशक राजु रमन पौडेल नियुक्त भएका छन् भने कार्यकारी प्रमुखमा बीमा विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ । त्यस्तै, निर्देशकमा जीवन बीमा तर्फबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झा र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलाई नियुक्त गरिएको छ भने निर्जीवन बीमा तर्फ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानलाई नियुक्त गरिएको छ । 

बीमा कम्पनीहरु र बीमा समितीको सहकार्यमा स्थापना भएको इन्स्टिच्यूटले गएको आर्थिक बर्ष देखि नै बीमा तालिमको सञ्चालन गरिएको हो । नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको सर्बत्र अभाव भएपछि बीमा समितीले बीमा एकेडेमीको पकिल्पना गरेको थियो । करिब एक दर्शकअघि देखि नै बीमा एकेडेमीको  परिकल्पाम गरिएता यसले पूर्ण रुप भने पाउन सकेको थिएन । 

बीमा क्षेत्रमा कार्यरत व्यक्तिहरुका लागि आइतबारदेखि सुरु भएको तालिमको समय अवधि २० दिनको रहनेछ । हाल उपत्यकाभित्रका कर्मचारीहरुलाई मात्रै तालिम दिन लागेको बीमा समीतिले आगामी दिनहरुमा उपत्यका बाहिरका कर्मचारीहरुलाई तालिममा सहभागि गराउने योजना बनाएको छ । बीमा तालिम कर्मचारीहरुलाई मात्र नभएर सर्वसाधारणहरुलाई समेत तालिमको पहुँच पुर्याउने लक्ष्य समितीको छ । बीमा तालिम निःशुल्क गर्ने व्यवस्था गरिएको छ । तालिमले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने समीतिको विश्वास छ ।