July 19th, 2018

राष्ट्रिय स्तरका दुई फाइनान्स एक आपसमा गाभिँदै

बैंकिङ खबर । सिनर्जी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गरेर बेष्ट फाइनान्सले साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट गत असार १८ गते एक्विजिसन गर्न स्वीकृती पाएपछि फाइनान्सले एकीकृत कारोबारको मिति तय गरेको हो । 

दुई फाइनान्सबीच एक बराबर एकको सेयर स्वाप रेसियो तय भएको छ । प्राप्ती कार्य तथा दुबै संस्थाका तथ्याङ्कलाई बैंकिङ्ग सफ्टवेयरमा एकिकृत गर्नका लागि साउन १६ गते एक दिन दुबैको कारोबार बन्द हुने जनाइएको छ । 

एक्विजिसन गर्ने सम्बन्धमा दुबै संस्थाहरुको २०७४ चैत २४ गते सम्पन्न छुटाछुटै साधारण सभाले प्रस्ताव पारित गरेका थिए । अहिले सिनर्जी फाइनान्सले  हकप्रद सेयर निष्काशन पनि गरिरहेको छ । उक्त हकप्रद र दुई फाइनान्सबीचको एकीकृत कारोबारपछि चुक्ता पूँजी ८९ करोड पाँच लाख २४ हजार २३७ रुपैयाँ पुग्नेछ । 

एक्विजिसन पश्चात फाइनान्सको केन्द्रीय कार्यालय, हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको स्थान कमलादी काठमाडौंमा रहनेछ । फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भने खुला प्रतिष्पर्धाबाट चुनिने भएको भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]