Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

‘बीमा तालीम इन्स्टिच्युट’ कसका लागि ? 

२०७५ श्रावण २ गते

बैंकिङ खबर । बीमा क्षेत्रमा दक्ष कर्मचारीहरु उत्पादन गर्ने उद्देश्यले बीमा समितिले साउन ६ गतेदेखि बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याउँदैछ । बीमा कम्पनीहरु र बीमा समितिको सहकार्यमा संचालक हुन लागेको इन्स्टिच्युटले बीमा कम्पनीका कर्मचारीहरुलाई लक्षित गरेको छ । हाल बीमा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई मात्र तालिम दिन लागिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । 

तालीम निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । यो तालीमको समय अवधि २० दिनको रहनेछ । अहिले उपत्यकाभित्रका कर्मचारीहरुलाई मात्रै तालीम दिन लागेको बीमा समितिले आगामी दिनमा उपत्यकाबाहिरका कर्मचारीहरुलाई पनि तालीमा सहभागी गराउने योजना बनाएको छ । कर्मचारीहरुलाई मात्रै नभएर सर्वसाधारणहरुमा समेत तालिमको पहुँच पुर्याउने लक्ष्य समितिको छ । यस तालीमले बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने समितिको विश्वास छ ।

विगतका बर्ष देखि नै बीमा समितीको रणनितीक योजनाहरुमा बीमा एकेडेमी कल्पना गरिएको थियो । उक्त कल्पनालाई बीमा समितिले कार्यान्वयनमा ल्याउन लागेको हो ।