राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बीच सोमबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका का.मु. प्रमुख प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट गर्न सक्ने छन् ।
बैंकको हाल ७४ जिल्लामा २०३ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, वरिष्ठ प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो ।


