सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबिच नगदरहिद स्वास्थ्योपचार गर्ने सम्झौता

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि.सँग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि. ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ ।

नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि. गठ्ठाघरमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति थियो ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा  प्रदान गर्र्ने सम्झौता भएको हो । 

नागरिक कम्यूनिटी टिचिङ हस्पिटलका प्रवन्ध सञ्चालक नगेन्द्र झाले सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे । 

आफ्ना ग्राहकहरु र कर्मचारीहरmको स्वास्थोपचार लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पतालसँग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशव राज के.सीले बताए ।