July 13th, 2018

मुक्तिनाथ विकास बैंक र सिटिजन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मुक्तिनाथ विकास बैंक लि.र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.बिच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । उक्त सम्झौता भए पश्चात सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि. को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने छन् । 

मुक्तिनाथ विकास बैंक लि.देशै भरी फैलिएका आफ्ना ८३ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा डेविट कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२  वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]