July 13th, 2018

सात बुँदामा हेर्नुहोस्, साताभरका वित्तीय खबरहरु

बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो । अर्थमन्त्रालयले पनि बीमा विधेयक संसदमा प्रस्तुत गर्यो । धितोपत्र बोर्डले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । समग्रमा साताभरका प्रमेख वित्तीय खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

मौद्रिक नीति सार्वजनिक
साताको बुधबार नेपाल राष्ट्र बैंकले  आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गर्यो । मौद्रिक नीतिमार्फत स्प्रेडदर ४.५ प्रतिशतका घटाइएको छ । लघुवित्तले पनि विदेशी मुद्रामा कर्जा ल्याउन पाउने व्यवस्था गरिएको छ । त्यस्तै, व्याजदर करिडोरलाई संकुचित पारिएको छ । ओभरड्राफ्ट कर्जामा कडाई गरिएको छ भने उत्पादनमूलक क्षेत्रको लगानीलाई प्रात्साह न गरिएको छ । हेजिङ फण्डको व्यवस्थ ागर्ने विषय पनि मौद्रिक नीतिले समेटेको छ ।

बीमा विधेयक संसदमा
बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत भयो । केही दिनअघि मात्रै मन्त्रीपरिषद्बाट स्वीकृत भएको विधेयक विहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेका हुन् । विधेयकमा बीमा प्राधिकरण स्थापना गर्ने प्रस्ताव गरिएको छ । 

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७५।७६को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । बोर्डले सोमबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा साउन १ गतेदेखि दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्ने गरी आवश्यक नीतिगत व्यवस्था गर्ने उल्लेख गरेको छ । आर्थिक रुपमा सम्भाव्य नयाँ स्थानको पहिचान गर्ने, खोजी गर्ने र त्यस्ता स्थानमा धितोपत्र दलाल व्यवसायी सेवा सञ्चालनका लागि अनुमति दिने बोर्डको योजना छ ।

शाखा तथा सेवा विस्तार
राष्ट्रिय वाणिज्य बैंकले डोल्पाको मुड्केचुला, पर्साको ठोरी, मनाङ्गको नेस्याङ्ग, रौतहटको मौलापुर, रौतहटको इशनाथ, मोरङ्गको कटहरी, सिन्धुलीको मरिण, बझाङ्गको मष्टा र ताप्लेजुङ्गको आठराई त्रिवेणीमा गरी कुल नौ वटा शाखा विस्तार गर्यो । 
सिद्धार्थ बैंकले कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा शाखा विस्तार गर्यो । 
मेगा बैंकले सुनसरीको बराहा र कोशी, अर्घाखाँचीको मालारानी, गुल्मीको रुरु, धनुषाको मिथिलाबिहारी तथा पाल्पाको माथागढीमा एक्सटेनसन काउन्टरहरु विस्तार गर्यो ।     
प्रभु बैंकले म्याग्दीको धवलागिरी र रघुगंगामा, मुस्ताङको थासाङ तथा मनाङको नाशोकमा शाखा विस्तार गर्यो । 
एनआईसी एशिया बैंकले झापाको गौरीगञ्ज र कनकाई, बर्दियाको ठाकुरबाबा तथा दाङको राप्तीशाखाको उद्घाटन गर्यो ।
लक्ष्मी बैंकले सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम र सप्तरीको बलान बिहुलमा आफ्ना नयाँ शाखा कार्यालयहरु संचालनमा ल्यायो ।
ग्लोबल आईएमई बैंकले सोमबार सुनसरीको बराहमा शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।  
मुक्तिनाथ विकास बैंकले काठमाडौँको कोटेश्वरमा आफ्नो शाखा कार्यालय विस्तार गर्यो ।
ज्योति विकास बैंक लिमिटेडले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्यायो ।

सम्झौता
गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच सम्झौता भयो । 
गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रपानस रेमिट प्रा. लि.बिच रेमिट्यान्स सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबिच सम्झौता भयो ।
जनता बैंक नेपाल लिमिटेडले सोमबार प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झौता गर्यो ।
एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गर्यो ।

संस्थागत सामाजिक उत्तरदायित्व
लक्ष्मी बैंक लि. र लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरियो ।
एनआईसी एशिया बैंक लिमिटेडले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु त्था सीसीटिभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गर्यो ।

अन्य
निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १८ जना विपन्न गरीब महिलाहरुको सहभागितामा  “साबुन बनाउने तालिम” सम्पन्न गर्यो ।
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]