July 13th, 2018

बीमा विधेयक संसदमा प्रस्तुत : मूख्य व्यवस्थाहरु (छ बुँदामा)

बैंकिङ खबर । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएको छ । केही दिनअघि मात्रै मन्त्रीपरिषद्बाट स्वीकृत भएको विधेयक विहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेका हुन् । 
विधेयकका मूख्य विशेषताहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ : 

नेपाल बीमा प्राधीकरणको स्थापना
बीमा व्यसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरिबेक्षण र विकास गर्न तथा बीमितको हकहित संरक्षण गर्न नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ । प्रस्तावित बीमा विद्येयक अनुसार हाल बीमा समितिले गर्दै आएको सम्पुर्ण काम, कर्तव्य र अधिकार बीमा प्राधिकरणलाई दिइने भएको छ । चलअचल सम्पती वा दायित्वका साथै कर्मचारीहरु समेत स्वतः प्राधिकरण अन्तरगत हुने उल्लेख गरिएको छ । प्राधिकरणको कोषमा जम्मा हुने रकमको ५० प्रतिशत हिस्सा नेपाल सरकारले लैजाने विधेयकमा उल्लेख छ ।

प्राधिकरणका कर्मचारीको सेवा सुविधा, विनियम, संगठनिक संरचनाको निर्णय अधिकार अर्थमन्त्रालयलाई दिने विधेयकमा उल्लेख छ । प्राधिकरण स्थापना भएसँगै हाल रहेको बीमा समितिको कार्यकाल तत्काल समाप्त हुने भनिएको छ ।  बीमा प्राधिकरणको अध्यक्ष वा सदस्य हुनका लागि न्युनतम योग्यता पनि विधेयकले निर्धारण गरेको छ । प्राधिकरणको अध्यक्ष वा सदस्य हुन नेपाली नागरिक हुनुपर्ने, बीमा मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्बशास्त्र वा कानुन विषयमा कम्पनीमा स्नाकोत्तर वा सो सरहको उपाधि हसिल गरी सम्बन्धित क्षेत्रमा कम्पीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हुनुपर्ने प्रावधान  रहेको छ । 

इजाजतपत्र नविकरण
नेपाल सरकारवाट प्राप्त रकम, बीमा कम्पनीहरुको स्थापना, पूर्व स्वीकृति, इजाजतपत्र प्रदान वा नविकरण गरे बापत प्राप्त रकम, बीमा व्यवसायको नियमन शुल्क, स्वदेशी तथा विदेशी संघ, संस्था वा व्यक्तिवाट प्राप्त रकम र अन्य स्रोतवाट प्राप्त रकमबाट सञ्चालन खर्च कटौती गर्दा कायम हुने रकमको ५० प्रतिशत रकम संघीय सञ्चिति कोषमा दाखिला गर्नु पर्ने ब्यवस्था गरिएको छ ।

पुँजीवृद्धि
बीमा व्यवसाय संचालनको लागि बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी समय समयमा निर्धारण गरिने विधेयकमा उल्लेख छ । न्युनतम चुक्ता पूँजी नपुर्याउने बीमक कम्पनीको इजाजत पत्र रद्ध हुने समेत बताइएको छ ।

बीमा कोष तथा जगेडाकोषको व्यवस्था
प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोषको व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ । बीमा व्यवसाय सम्बन्धी दायित्व वहन गर्न पनि छुटै अनिवार्य जगेडा कोषको व्यवस्था गर्नुपर्ने भएको छ ।

सेयर निष्काशन
प्रत्येक बीमकले आफ्नो कुल जारी पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई विक्रि गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, विदेशी बीमा कम्पनीको शाखा कार्यलयको हकमा भने सर्वसाधारणमा सेयर जारी गर्नु नपर्ने बताइएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरको ५ प्रतिशत हिस्सा बीमक कम्पनीले आफ्नो कर्मचारीलाई छुट्याउन सक्ने व्यवस्था छ । बीमकले प्राधिकरणको स्वीकृतिमा संस्थापक सेयर समुहको स्वामित्व ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

बीमा विधेयक पूरा पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

bima bidheyak


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]