Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साँघुरियो व्याजदर करिडोरको परिधि

२०७५ असार २७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले व्याजदर करिडोर परिवर्तन गरेको छ । आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरंजीबि नेपालले व्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थानीय तरलता सुविधा दर ६.५ प्रतिशत र तल्लो सीमाको रुपमा दुई हप्ते निक्षेप संकलन दर ३.५ प्रतिशत कायम गरेको जानकारी दिए ।

राष्ट्र बैंकले गत कात्तिक २९ गतेदेखि व्याजदर करिडोर लागू गरेको थियो । जसअनुसार, माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर सात प्रतिशत र तल्लो सीमाको रुपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशत रहेको थियो । अल्पकालीन बजार ब्यादरमा हुने उतारचढावलाई न्यूनीकरण गर्नका लागि नयाँ मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको परिधि केही साँघुरो बनाइएको गभर्नर डा. नेपालको भनाइ छ । 

ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दरलाई नीतिगत दरको रुपमा लिइने व्यवस्थालाई निरन्तरता दिई हाल कायम रहेको ५ प्रतिशतको रिपोदरलाई भने राष्ट्र बैंकले यथावत राखेको छ । यो व्यवस्थाले भारित औसत अन्तर–बैंक दरलाई नीतिगत दरको वरिपरि अंकुशित गरी अल्पकालीन बजार ब्याजदरमा स्थायित्व कायम गर्न सहयोग पुर्याउने राष्ट्र बैंकको अपेक्षा छ । 

Ad