Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भोली मौद्रिक नीति आउँदै

२०७५ असार २६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बुधबार आगामी आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अनुसन्धान विभागले ब्यवस्थापन समितिमा छलफल सकेर संचालक समितिमा प्रस्तुत गरेको प्रस्तावित मौद्रिक नीतिमाथिको छलफल सकेर राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्ने तयारी गरेको हो । 

मौद्रिक नीतिले व्याजदरको समस्या समाधानका लागि उचित व्यवस्था गर्ने अपेक्षा गरिएको छ । यसका लागि  राष्ट्र बैंकले स्प्रेड दरमा नै हेरफेर गर्ने बुझिएको छ । निक्षेप संकलन, मर्जर, सेयर धितो कर्जा, रियल स्टेट कर्जा लगायतका विषय मौद्रिक नीतिमा समेटिने छन् । रियलस्टेट कर्जामा गरिएको कडाईलाई राष्ट्र बैंकले निरन्तरता दिनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी, मर्जर तथा बैंकिङ पहुँच विस्तारको विषय प्राथमिकतामा नै रहनेछन् । 

Ad