बैंकिङ खबर । बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो पार्नका लागि विभिन्न स्थानहरुमा क्षेत्रीय कार्यालय संचालन गरिरहेका छन् । मूख्य कार्यालयबाट सबै क्षेत्रका शाखा तथा उपशाखाहरुलाई व्यवस्थापन गर्न असहज हुने भएकाले कम्पनीहरुले क्षेत्रीय कार्यालय राख्ने गरेका हुन् । यसरी मुलुकका विभिन्न सहरहरुमा राखिएका क्षेत्रीय कार्यालयहरुले निम्न कामहरु गर्ने गर्दछन् :
मार्केटिङ : क्षेत्रीय कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेर बीमा लेखहरु जारी गर्दछ । बढीभन्दा बढी मानिसहरुलाई बीमा गर्न लगाउन अभिकर्ताहरु परिचालन गर्ने लगायतका कार्यहरु यस कार्यालयले गर्दछ ।
अन्डरराइटिङ : क्षेत्रीय कार्यालयले अन्डरराईटिङको काम पनि गर्दछ ।
दावी भुक्तानी : बीमा गरेको व्यक्ति, पशुधन वा अन्य सम्पत्तिको क्षति भएमा क्षतिपूर्तिका लागि बिमितले कम्पनीमा दाबी गर्दछ । उक्त दाबीबारे अध्ययन गरी सही भएको ठहर गरेपछि बीमा रकम भुक्तानी गर्ने कार्य पनि बीमा कम्पनीको क्षेत्रीय कार्यालयमार्फत हुने गर्दछ ।
अन्य कार्यहरु
यी बाहेक पनि क्षेत्रीय कार्यलयबाट थुप्रै कामहरु हुन्छन् । क्षेत्रीय कार्यलयले ग्राहकहरुलाई काम गर्ने सहज वातावरण बनाउँछ । सर्वसाधारणले बीमा सम्बन्धी सबै कुराहरु बुझ्न, बीमा सम्बन्धी कुराहरुमा आफु जानकार हुनका लागि मूख्य कार्यालयमा नै जानुपर्ने अवस्था आउथ्यो । तर, ठाउँ ठाउँमा क्षेत्रीय कार्यालय भएको कारण त्यही क्षेत्रीय कार्यलयबाट सबै कुरा थाहा पाउन सकेका छन् । यसले गर्दा ग्राहकहरुलाई सहज भएको छ । त्यस्तै, क्षेत्रीय कार्यलयबाट सूचना फैलाउँदा धेरै क्षेत्र समेटिन्छ । ग्राहकहरुले पनिछिटो र सहज सुविधा पाउँछन् ।