July 8th, 2018

मौद्रिक नीतिमा अन्तिम छलफल : यसै साता आउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमाथि छलफल सुरु गरेको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकमा  आइतबारदेखि आगामी मौद्रिक नीतिबारे छलफल सुरु भएको हो । छलफल सकेर एक दुई दिनमा मौद्रिक नीति पारित हुनेछ । 

अनुसन्धान विभागले ब्यवस्थापन समितिमा छलफल सकेर संचालक समितिमा प्रस्तुत गरेको प्रस्तावित मौद्रिक नीतिको मस्यौदामा निर्णय गर्नुपर्ने धेरै बुँदाहरु खाली छोडिएको राष्ट्र बैंकले जनाएको छ । सबै विषयमा छलफल सकेर यसै साता मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरिरहेको छ । आइतबारबाट छलफल सुरु भएको मौद्रिक नीतिलाई अब एउटा बैठक बसेर टुंगोमा पुर्याउने राष्ट्र बैंक स्रोतको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]