Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मर्चेन्ट बैंकरको संख्या २५ पुग्यो (सूचिसहित)

२०७५ असार २३ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षदेखि लाइसेन्स खुला भएसँगै पाँच वटा मर्चेन्ट बैंकर थपिएका छन् । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्टका साथै आकाश क्यापिटल पुतलिसडक, वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्ग मैतिदेवी, आर्कस क्यापिटल एण्ड एडभाइजर्स थापाथली र पछिल्लो पटक बोर्डबाट के.सी.एल अस्ट्यूट क्यापिटल हात्तिसारलाई पनि संचालन अनुमति दिएको छ । यससँगै नेपालमा मर्चेन्ट बैंकरको संख्या २५ पुगेको छ । आरबिबिपछिका चार मर्चेन्ट बैंकरलाई बोर्डले लगानी व्यवस्थापन गर्ने कार्यका लागि मात्रै अनुमति दिएको हो । मर्चेन्ट बैंकरले गर्ने थप व्यवसायका लागि यी कम्पनीहरुले बोर्डबाट पुनः स्वीकृति लिनुपर्ने हुन्छ । 

Ad