Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तका नयाँ कर्मचारीले पाए लघुवित्त व्यवस्थापन तालिम 

२०७५ असार २२ गते

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरुको लागि आवश्यक फिल्ड तहका कर्मचारीहरुलाई आधारभूत लघुवित्त व्यवस्थापन तालिम प्रदान गरेको छ । असर १९ गतेदे खि  २१ गतेसम्म रुपन्देही जिल्लाको बुटवलमा संचालित तालिमबाट नयाँ भर्ना भएका २७ जना फिल्ड तहका कर्मचारीहरु लाभान्वित भएका छन् ।

तालिम कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत चोम बहादुर विश्वकर्मा र विभिन्न विभागमा कार्यरत अधिकृतहरु इन्द्र बराली, भरत कुमार रसाली, शर्मिला विश्वकर्मा र सन्तोष रसाली  लगायतले फिल्ड तहमा काम गर्ने कर्मचारीहरुको लागि आवश्यक आधारभूत विषयहरुमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक तथा कर्मचारी सेवा सुविधा समितिका संयोजक मान बहादुर विश्वकर्माले नयाँ आगान्तुक कर्मचारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे । उनले बैंकको लक्ष्य अनुसार कार्य गर्नको लागि कर्मचारीहरुलाई सुझाव समेत दिए ।

कार्यक्रमको समापन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष बावुराम विश्वकर्माले नयाँ कर्मचारीहरुलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्दै बैंकमा काम गर्दा अनुशासन, आर्थिक सुशासन तथा बैंकको उद्देश्यलाई ध्यान दिई कार्य गर्नको लागि सुझाव दिए ।

“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मुल नारालाई आत्मसात गर्दै आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापित जनउत्थान सामुदायिक लघुवित्तले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको छ । 

Ad