Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकका २० शाखा १० घण्टा खुल्ने (शाखाको सूचिसहित)

२०७५ असार १९ गते

एनआईसी एशिया बैंक विभिन्न २० वटा शाखाहरु दिनको १० घण्टा खुल्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै बैकिङ्ग क्रियाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझै प्रभावकारी बनाउने उद्देश्यका साथ देशका विभिन्न प्रमुख सहरहरुमा रहेका २० वटा शाखाहरुको बैंकिङ सेवाको समयावधि बढाएको हो । जसअनुसार, मंगलबार (असार १९ गतेदेखि) एनआईसी एशिया बैंकका निम्न २० शाखाबाट आईतबारदेखि विहिबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सकिने भएको छ :

बैंकले हाल देशभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । सबैभन्दा ठूलो शाखा संजाल भएको एनआईसी एशिया बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको निक्षेप १५० अर्ब पुगेको छ, जुन निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै हो । कर्जा लगानीमा पनि एनआईसी एशिया बैंक निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो रहेको छ । बैंकको कुल कर्जा लगानी करिब ११९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Ad