Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुर्गमसम्म विस्तारित हुँदै सांग्रिला डेभलपमेन्ट बैंक, थप २९ शाखा संचालनमा ल्याउने

२०७५ असार १८ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकले पुँजी वृद्धिसँगै व्यवसायको आकारलाई समेत विस्तार गर्नुपर्ने आवश्यकता महशूस गरि शाखा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने रणनीति बनाएको हो । 

हाल सांग्रिलाले मुलुकभर ५२ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकले गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गर्नुुको साथै पहिला चरणमा काठमाडौं उपत्यकामा थप ६ वटा शाखासहित सातवटै प्रदेशमा गरि नयाँ २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिएको थियो । जसमध्ये, मुुस्ताङको जोमसोम बाहेक अधिकांश शाखाहरु चालू  आर्थिक वर्षभित्रमा नै संचालनमा आइसकेका छन् । 

दोस्रो चरणमा काठमाडौँ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुरसहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खलंगा, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादिङको गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई निर्माण कार्य भइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले बताए । यसपश्चात्, सांग्रिला डेभलपमेन्ट बैंकको शाखा ८७ पुग्नेछ ।

शाखाबाहेक आफ्नै १४ वटा एटिएमबाट समेत सेवा प्रदान गर्दै आएको बैंकले हाल संचालनमा रहेको एससीटी संजालको एटीएम कार्डलाई बिस्थापित गरि नयाँ भिसा डेबिड कार्ड संचालनमा ल्याईसकेको छ । 

Ad