सेञ्चुरी कमर्सियल बैंकले असार मसान्तभित्र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले जनाएको छ । बैँकले शेयरको निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।
०७४ असार मसान्तभित्रै ८ करोड चुक्ता पुँजी पुर्याउने दौडमा रहेको बैँकले बोनस शेयर, हकप्रद शेयर र मर्जरद्वारा ४४ प्रतिशत पुँजी बढाएर २ अर्ब १२ करोड रुपैँया पुर्याइसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैँकले २३ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैँकको शेयर आम्दानी १०.९१ रुपैँया, प्रति शेयर नेटवर्थ ११३ रुपैया, बुक भ्याल्यु १२१.४२ रुपैँया, मुल्य आम्दानी अनुपात ३३.७४ गुणा र तरलता अनुपात २२.१४ प्रतिशत रहेको छ ।