बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानका लागि योग्य व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले बैंकहरुले लगानी गर्ने कृषि तथा पशुपंक्षी कर्जाको सीमा बढाएर पाँच अर्ब पुर्याएको छ । यसअघि बैंकहरुले यस प्रकारको कर्जा तीन अर्ब रुपैयाँ लगानी गर्दै आएकोमा राष्ट्र बैंकले ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७३ को अनुसुचि १ मा संशोधन गर्दै उक्त सीमा पाँच अर्ब कायम गरेको हो ।
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानका लागि योग्य कृषि व्यवसायहरुको सूचीमा ‘प्रांगरिक मल तथा जैविक मल’ समेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।