Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बुधबारदेखि काठमाडौँमा गभर्नर्स सम्मेलन हुँदै 

२०७५ असार ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आगामी बुधबारदेखि नेपालमा गभर्नहरुको सम्मेलन आयोजना गर्ने भएको छ । राष्ट्र बैंकले सार्क र वरपरका देशलाई लक्षित गरी गभर्नरहरुको सम्मेलन गर्न लागेको हो । 

बुधबारदेखि शुक्रबारसम्म चल्ने सो सम्मेलनमा विभिन्न १२ वटा देशका गभर्नर तथा डेपुटी गभर्नरले भाग लिने भएका छन् । सार्क फाइनान्स गभर्नर्स सेम्फोजिएम र वोर्ड अफ गभर्नर्स मिटिङ हुन लागेको राष्ट्र बैंकले जनाएको छ । 

हरेक देशमा आयोजना हुँदै आउको यो सम्मेलन अहिले नेपालमा हुन लागेको हो । यो ४७औँ सम्मेलन हो ।  राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाल हरेक देशमा हुने रेगुलर मिटिङ हुन लागेको बताए । सो सम्मेलन राजधानीको ह्यात होटलमा सुरु हुँदैछ । 

सम्मेलनमा भारत बंगलादेश, म्यानमार, अफगानिस्थान भुटान, माल्दिभ्स लगायतका देशहरुबाट गभर्नर तथा डेपुटी गभर्नरहरु आउने सहायक प्रवक्ता नागिलाले बताए । सो सम्मेलनले सार्क स्तरीय केन्द्रीय बैंकहरुको सहकार्य र समन्वयलाई वल पुर्याउने बताइएको छ ।  साथै क्रसवोर्डर भुक्तानी तथा फर्छ्यौटमा पनि दिशा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । 

Ad