Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

असार १७ गतेदेखि काठमाडौँमा बैंकिङ ट्रेनिङ हुँदै

२०७५ असार ६ गते

बैंकिङ खबर । मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुको माग अत्याधिक बढेपछि नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (BMTI)ले निरन्तर रुपमा महिनाको दुई पटक बैंकिङ ट्रेनिङ संचालन गर्ने भएको छ । 

जसअनुसार, हरेक महिनाको ५ गते र १७ गते ट्रेनिङको शुभारम्भ हुनेछ । ट्रेनिङको अवधि पाँच दिनको हुनेछ  भने प्रत्येक दिन दुई घण्टासम्म प्रशिक्षण दिइनेछ । ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । 

अधिकांश बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्ने अवस्थाका कारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । तसर्थ, विद्यार्थीसँगै बैंकहरुको समेत आग्रहलाई ध्यानमा राखी सर्वसुलभ दरमा नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (BMTI)ले बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहने एवम् बैंकिङबारे बुझ्न चाहने फ्रेस व्यक्तिका लागि ट्रेनिङ संचालन गर्न लागेको छ । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ४२४४४०२ तथा ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

Ad