June 18th, 2018

’वेटेज् एण्ड एभरेज’ का आधारमा लाभकर गणना गर्न अध्ययन समितिको सुझाव

बैंकिङ खबर । सेयर कारोबारमा पुँजीगत लाभकर गणनासम्बन्धी अध्ययन गर्न गठित समितिले सरकारलाई ’वेटेज् एण्ड एभरेज’ का आधारमा हकप्रद र बोनस शेयरको आधार मूल्य निकालेर पुँजीगत लाभकर गणना गर्न सुझाव दिएको छ । अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिले अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर लगाउने व्यवस्था गर्न पनि सुझाएको छ । 

लगानीकर्ताले जति मूल्यमा सेयर खरिद गरेको छ, त्यसमा हकप्रद र बोनस सेयरको आधार लागत मूल्य जोडिन्छ । यसरी जोडेर आएको रकमलाई जम्मा सेयर संख्याले भाग गरेपछि आउने फललाई नै ’वेटेज् एन्ड एभरेज प्राइस’ मानिन्छ । प्रतिवेदनमा कुनै लगानीकर्ताले बोनस वा हकप्रद सेयर प्राप्त गर्दा वेटेज एभरेज भन्दा बढि मूल्यमा शेयर बिक्री गरेमा मात्र पूँजीगत लाभकर लागू गर्न भ निएको छ ।

त्यसैगरी समितिले भारतमा जस्तै अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर लगाउने व्यवस्था गर्न सुझाएको छ । सेयर कारोबारमा कारोबार कर लगाउने विकल्पसहितको सुझाब समितिले दिएको छ ।

अर्थ मन्त्रालयको नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठित समितिमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी लगायतका प्रतिनिधि रहेका थिए । 

दुई साताअघि आन्तरिक राजस्व विभागले आय कर ऐन २०५८ को परिच्छेद ८ मा रहेको व्यवस्थालाई कार्यान्वय गर्ने भन्दै बोनस र हकप्रद सेयरको आधार मूल्यमा पुँजीगत लाभकर गणाना गर्न निर्देशन दिएको थियो ।  यो प्रणालीबाट लाभकर गणना गर्दा घाटामा कर तिर्नुपर्ने भन्दै लगानीकर्ताले निरन्तर आन्दोलन गर्नुका साथै कारोबार नै ठप्प पारेपछि सरकारले अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । यो गणना विधिले ’घाटामा पनि कर तिर्नु पर्यो’ भन्ने लगानीकर्ताको गुनासोलाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]