Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका टप बैंकिङ खबर : मौद्रिक नीति र बैंकिङ व्याजदर सर्वाधिक चर्चामा 

२०७५ असार १ गते

बैंकिङ खबर । यो साताभर मौद्रिक नीति र बैंकहरुको व्याजदरको विषयमा सर्वाधिक चर्चा भयो ।  निक्षेपको व्याजदर वृद्धिमा बैंकहरुको बीचको प्रतिष्पर्धाको विषयमा थुप्रै भनाईहरु आए । त्यस्तै, मौद्रिक नीतिमाथिको छलफल तथा सुझाव संकलनको कार्य पनि यसै साता भयो । समग्रमा यो साता भएका मूख्य बैंकिङ खबरहरु  यहाँ प्रस्तुत गरिन्छ :

मौद्रिक नीतिमाथि सुझाव
नेपाल राष्ट्र बैंकले यो साता मौद्रिक नीतिमाथिको सुझाव संकलन र छलफल कार्यक्रम राख्यो । जसमा सम्बन्धित क्षेत्रहरुले आआाफ्नो माग तथा सुझावहरु पेश गरे ।सीसीडी रेसियो हटाउनुपर्ने, स्प्रेड रेट बढाउनुपर्ने, माइक्रोफाइनान्समा व्याजदरको क्याप हटाउनुपर्ने, सेयरधितो कर्जा तथा घरजग्गा धितो कर्जाको सीमा बढाउनुपर्ने लगायतका सुझावहरु सम्बन्धित क्षेत्रहरुले पेश गरेका छन् । 

व्याजदर वृद्धिमा बैंकहरुबीच प्रतिष्पर्धा
आइतबार बैंकर्स संघले व्याजरको सम्बन्धमा गरेको भद्र सहमति तोडेलगत्तै व्याजदर वृद्धिमा बैंकहरुबीच  प्रतिष्पर्धा सुरु भयो । यसको सुरुवात एनआईसी एशिया बैंकले गर्यो । बैंकले १२ प्रतिशत व्याजदरको मुद्दति योजना ल्याएपछि सिभिल बैंकले १२.२२ प्रतिशत व्याजरमा मुद्दति मात्रै ल्याएन, बचतमा समेत १० प्रतिशत व्याजदर पुर्यायो । त्यसपछि, प्राइम बैंकले पनि १२ प्रतिशत व्याजदर पुर्यायो । सेञ्चुरी बैंकले झन् सबैलाई उछिन्दै १२.५ प्रतिशत व्याजदरको मुद्दति योजना ल्यायो । 

१० महिनाको वित्तीय अवस्थाको समीक्षा
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो १० महि नाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्यो । उक्त प्रतिवेदनमा मूल्यवृद्धिदर अपेक्षित सीमाभन्दा कम रहने अनुमान गरिएको छ भने निक्षेप कर्जाबीचको असन्तुलनका कारण व्याजदरमा चाप गर्न गएको बताइएको छ । 

'वित्तीय जागरण : राष्ट्रिय अभियान'
यो साताको मंगलबार प्रदेश नं. ७ स्थित कञ्चनपूर जिल्लाको महेन्द्रनगरमा 'वित्तीय जागरण : राष्ट्रिय अभियान' कार्यक्रम संचालन गरियो । मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको पवद्र्धन एवम् बीमा समितिसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा महेन्द्रनगर र आसपासका क्षेत्रका विद्यार्थी, उद्यमी एवम् सर्वसाधारणहको सहभागीता रहेको थियो ।

अनलाइन कारोबारको परीक्षण सुरु
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न ५ सेयर दलालहरु छनौट गरी परिक्षण कारोबार(’मोक ट्रेडिङ्ग’) सुरु गर्यो । अनलाइन प्रणाली कार्यान्वायन गर्नका लागि सन्तोष मैनालीको संयोजकत्वमा अनलाइन इम्प्लिमेण्टेशनको अर्डिनेशन कमिटी गठन गरिएको छ । उक्त कमिटीले सिफारिस गरेका एबिसि सेक्युरिटिज, लिञ्च स्टक मार्केट, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग, सेक्योर्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरुटिजमा परीक्षण कारोबार  सुरु गरिएको छ । सेयर दलालहरुसँग समन्यवन गरि परिक्षणका क्रममा देखिन सक्ने समस्या समाधानको काम गरिने नेप्सेको भनाई छ  । चरणवद्ध रुपमा परीक्षण भइरहेको सबै कारोबार प्रक्रियामा मैनाली नेतृत्वको कमिटीले नै प्रतिनिधित्व गर्ने बताइएको छ । ’मोक ट्रेडिङ्ग’ पुरा भए लगत्तै नेप्सेले ’युजर एसेप्टेन्स टेस्टिङ्ग’ (यूएटी) सुरु गर्ने जनाएको छ ।

बैंकिङ मुभमेन्ट
सोमबार (जेठ २८ गतेदेखि) सुमन शर्माले माछापूच्छ्रै बैकमा सीईओको पदभार सम्हाले । त्यस्तै, सुशिल गौचन गण्डकी विकास बैंकको संचालक समितिको अध्यक्ष चुनिए ।

शाखा तथा सेवा विस्तार
गरिमा विकास बैंक लिमिटेडले सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गर्यो ।
माछापूच्छ्रे बैंकले सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा शाखाको स्थापना गर्यो ।
एनआईसी एशिया बैंकले सर्लाहीस्थित कबिलासी शाखाको विधिवत् उद्घाटन गर्यो ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि.ले बुटवल उप—महानगरपालिका वडा नं. ११ कालिकानगरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार सुरु गर्यो ।

संस्थागत सामाजिक उत्तरदायित्व
कुमारी बैंकले कमलपोखरीस्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गर्यो ।
गण्डकी विकास बैंकले श्री लक्ष्मी मा.वि.लाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापको लागि ३५ हजार रुपैयाँ सहयोग गर्यो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ र श्री बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गरायो ।

सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टरबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र नर्भिक अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भयो ।
गरिमा विकास बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच ‘गरिमा रेमिट’ सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्न भयो ।
ज्योति विकास बैंक लि. र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भयो ।
गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड बीच एकआपसमा गरिमा रेमिट र लुम्बिनी रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भयो ।
एनआईसी एशिया बैंकले सर्लाहीस्थित हरिपुर्वा शाखाको उद्घाटन गर्यो ।
सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने सम्बन्धमा जनकपुरमा रहेको माहा गणपति अटो सेल्स प्रा.लि.सँग सम्झौता गर्यो ।
निर्धन उत्थान बैंक र विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आईएफसी) बीच  कर्जाको लागि सम्झौता भयो ।
गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भयो । 
कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गर्यो ।

तालिम
निर्धन उत्थान बैंक लिमिटेडले पाल्पा जिल्लाको हुँगीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गर्यो ।
जनसेवी लघुबित्त बित्तीय संस्था लि.ले संचालक समितिका पदाधिकारीहरुका लागि संचालक शिक्षा कार्यक्रम सम्पन्न गर्यो ।
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले एक दिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गर्यो ।

अन्य
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा विहीबार सम्पन्न भयो ।
हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गर्यो ।

Ad