June 8th, 2018

असारको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी

बैंकिङ खबर । आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति असारको पहिलो साताभित्र आउने भएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द प्रसाद नगिलाले जेठको अन्तिम सातादेखि असार पहिलो साताभित्रमा मौद्रिक नीति ल्याउने गरी तयारी भइरहेको बताए ।

मौद्रिक नीतिका लागि सम्बन्धित क्षेत्रहरुबाट सुझाव संकलनको कार्य भइरहेको राष्ट्र बैंकले जनाएको छ । ‘बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्त संघ लगायतबाट सुझाव संकलन गर्ने काम भइरहेको छ,’ सहप्रवक्ता नगिलाले बैंकिङ खबरसँग भने, ‘सम्भवतः असार पहिलो सातासम्ममा मौद्रिक नीति आउँछ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]