Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रदेश नं. १ मा एकै दिन गरिमा विकास बैंकका चार शाखा विस्तार 

२०७५ जेष्ठ २४ गते

गरिमा विकास बैंक लिमिटेडले विहीबार (जेठ २४ गते) प्रदेश नम्बर १ अन्तर्गतका विभिन्न चार स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । 

विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले, बुधबारे शाखाको उद्घाटन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले, बनियानी शाखाको उद्घाटन कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम र विराटचोक शाखाको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले गरे ।

गरिमा विकास बैंकले प्रदेश नं. १ अन्र्तगतका शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा २०७५ जेष्ठ २३ गते आर्कषक व्याजदर तथा विभिन्न सुविधासहित  गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता समेत सञ्चालनमा ल्याएको छ ।