बैंकिङ खबर । पहिलोपटक मर्चेन्ट बैंकको साधारण सेयर निष्काशन हुने भएको छ । सिबिआइएल क्यापिटल लिमिटेडले प्राथमिक सेयर निष्काशनका लागि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सिबिआइएलले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता प्राथमिक सेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
सिटिजन्स बैंकको सहायक संस्थाको रुपमा रहेको सिविआइएल क्यापिटलले म्यूचुअल फण्ड, पोर्टफेलियो म्यानेजमेन्ट, अण्डरराइटिङ, धितोपत्र विक्री प्रबन्धक लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । मर्चेन्ट बैंकको संचालक अध्यक्ष सिटिजन्स बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल रहेका छन् ।

