“सर्वोच्च सम्पत्ति सुखी दम्पति”भन्ने नाराका साथ गरिमाविकास बैंक लिमिटेडले “गरिमा दम्पति बचत खाता”संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्तर्गत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्तखाताको शुभारम्भ गरे ।
गरिमा विकास बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

