Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

थप दुई स्थानीय तहमा प्रभु बैंकले एकैसाथ खोल्यो शाखा

२०७५ जेष्ठ २३ गते

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको छ । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित बैंकको सन्दकपुर शाखा कार्यालय सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले उद्घाटन गरे । त्यस्तै, धनुषा जिल्ला मुखियापट्टी मुसहरिमिया गाउँपालिका वडा नं. ३ स्थित मुखियापट्टी मुसहरमिया शाखा कार्यालयको उद्घाटन मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरे । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि दुवै गाउँपालिकाका अध्यक्षहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले स्थानीय तहका गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो नजिकैबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए ।

बैंकका सन्दकपुर शाखा कार्यालय र मुखियापट्टी मुसहरमिया शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।