बैंकिङ खबर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले १६.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको २१३औँ वैठकले गत आर्थिक वर्षको मुनाफा तथा वितरणयोग्य प्रिमियर रकमबाट हाल कायम चुक्तापुँजीको १६.८० प्रतिशतले हुने १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो ।
कर प्रयोजनका लागि सेयरधनीले ६३ लाख ८२ हजार आठ सय ९५ रुपैयाँ नगद लाभांश पनि पाउनेछन् । न वौ वार्षिक साधारणबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयरका आवेदनहरुले पनि बोनस सेयर पायने बताइएको छ । हकप्रद सेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद समेत समावेश गर्दा प्रस्तावित बोनस सेयर १२ प्रतिशत हुन आउँछ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।


