Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विस्तार हुँदै ‘कनेक्ट आईपिएस ई-पेमेन्ट’, कर बुझाउन सहज  

२०७५ जेष्ठ २२ गते

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणाली थप विस्तारित हुने भएको छ ।  बैंक वित्तीय संस्थाका ग्राहकहरुले अनलाइनमार्पmत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरु गर्न सक्ने यस प्रणाली  कार्यान्वयन गर्ने क्रममा कम्पनीले बैशाख १२, २०७५ देखि प्रारम्भिक रुपमा  नेपाल सरकारको राजश्व भुक्तानी ठमेल करदाता कार्यालयमा बुझाउने व्यवस्था गरेको थियो । अब भने यो सुविधा अन्य  कार्यालय एवम् विभागका वेभसाइटहरुमा समेत लागू गर्ने गरी परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । 

क्लियरिङ  हाउसले एक लाख सम्मको कर सम्बन्धित कार्यालयको वेभ साइटमा उपलब्ध कनेक्ट आईपिएस ईपेमेन्ट सिस्टममार्फत विद्युतीय भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । यो व्यवस्था हाल ठमेल करदाता कार्यालयको वेभसाइटमा मात्रै भएकोमा अब अन्य कार्यालय एवं विभागका वेभ साइटहरुमा समेत परिक्षण शुरु गरिएको कम्पनीले जनाएको छ । चरणबद्ध रुपमा यसलाई थप विस्तार गरि नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि लिएको राजश्व संकलन र भुक्तानीहरु पूर्ण रुपमा विद्युतीय माध्यमबाट गर्न प्रमुख भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

हाल कनेक्ट आईपिएसमा एनएमबी बैंक लि, लक्ष्मी बैंक लि, नेपाल बंगलादेश बैंक लि, एभरेष्ट बैंक लि, नेपाल बैंक लि, एन.आई.सी. एशिया बैंक लि, मुक्तिनाथ विकास बैंक लि, ग्लोबल आईएमई बैंक लि, सांग्रिला डेभलपमेन्ट बैंक लि र गरिमा विकास बैंक लि गरी १० वटा बैंकहरु आवद्ध भइसकेका छन् भने अन्य १० बैंक वित्तीय संस्थाहरुसँग सम्झौता भइसकेकोमा परिक्षणको क्रममा रहेका छन् ।

उक्त प्रणाली प्रयोग गर्न www.connectips.com मा आफुलाई रजिष्टर गरी युजरनेम बनाउने र लिंक गरिएको बैंक खातालाई सम्बन्धित बैंकमा एकपटक गई भेरिफाई गराउनुपर्ने हुन्छ । त्यसपछि, यस प्रणालीबाट गरिएका कारोबारहरु ग्राहकको बैंक खाताबाट सिधै भुक्तानी हुने गर्दछ ।

यस प्रणालीलाई राजश्व लगायतका अन्य सेवाहरु जस्तै, ईकमर्स, फण्ड ट्रान्सफर, बिल भुक्तानीहरु र विभिन्न माध्यमहरुबाट समेत गर्न सकिने गरि प्रणालीमा थप कार्य भइरहेको छ भने उक्त प्रणालीलाई खाताबाट गरिने कारोबारहरुको एकिकृत भुक्तानी माध्यमको रुपमा विकास गर्ने कम्पनीले विश्वास लिएको छ ।