Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एनएमबि बैंकलाई एफपिओ जारी गर्ने अनुमति, अझै पुगेन चुक्तापुँजी

२०७५ जेष्ठ २१ गते

बैंकिङ खबर । एनएमबि बैंकले एफपिओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई अंकित मूल्य १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार कित्ता एफपिओ निष्काशन गर्ने अनुमपत दिएको हो । 

चुक्तापुँजी अझै पुगेन, जगेडा कोष बलियो
एफपिओ निष्काशन गरेपछि एनएमबि बैंकको जगेडा कोष पुँजीभन्दा बलियो हुने भएको छ । एफपिओको प्रिमियर मूल्यवापतको रकम जगेडाकोषमा संचित भएपनि बैंकको जगेडाकोषको आकार आठ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बैंकको चुक्तापुँजी भने सात अर्ब ६० करोड रुपैयाँ मात्रै पुग्नेछ । एनएमबि बैंकले एफपिओ निष्काशनपछि पनि कम्तीमा ४० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । 

पुँजी संरचना परिवर्तन
बैंकमा संस्थापकतर्फ ६०.०१ प्रतिशत र सर्वसाधारणतर्फ ३९.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपिओ निष्कासनसँगै बैंकको पुँजी संरचना पनि परिवर्तन भई सर्वसाधारणको यस्तो हिस्सा ४९ प्रतिशत र संस्थापकतर्फ ५१ प्रतिशत पुग्नेछ ।