Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

हकप्रद र बोनस सेयरमा अग्रिम कर

२०७५ जेष्ठ २० गते

बैंकिङ खबर । आन्तरिक राजश्व विभागले हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । विभागले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्रचार गरी अग्रिम कर असुल्न निर्देशन दिएको हो ।

आन्तरिक राजश्व विभागको निर्देशन अनुसार आइतबारदेखि लगानीकर्ताको बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ कायम भई सो अनुसार लाभकर गणना हुनेछ । असार ३२ गतेसम्म पाँच प्रतिशत र श्रावण १ गतेबाट नयाँ बजेटको व्यवस्था अनुसार लगानीकर्ताले ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

विभागका अनुसार अब सेयर लगानीकर्ताले बोनस र हकप्रद सेयरको चुक्ता मुल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने भएको छ । यसअघि बोनस र हकप्रदमा आधारमूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । नेप्सेमा हकप्रद र बोनस समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औषत आधारमूल्य भन्दा बढीमा सेयर बिक्री गर्दाको अवस्थामा आयको आधारमा पाँच प्रतिशतका पूँजीगत लाभकर तिर्दे आएका थिए ।