Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

२०७५ जेष्ठ १९ गते

एनआईसी एशिया बैंकले धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित लंगडि शाखाको उद्घाटन गरेको छ । जेठ १८गते एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले उक्त शाखाको विधिवत् उद्घाटन गरे ।

मुलुकभर २१८ शाखा कार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको वासलातको आकार रू १६४ अर्बभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३अर्ब र कुल निक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । 

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।