बैंकिङ खबर । यो साता आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरियो । बजेटबारे सरोकारवालाहरुको मिश्रित प्रतिक्रिया पाइयो । प्रायःजसोले बजेटले सबैको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । कर्मचारीको तलब नबढ्नु, वृद्ध भत्ता नबढ्नु लगायतका विषयलाई आलोचना गरिएपनि रियल सेक्टरलाई पुँजी बजारमा ल्याउने पहललाई राम्रो मानियो । विशेष गरी सेयर बजारमा बजेटको बढी प्रभाव देखियो । समग्रमा, साताभरमा भएका मूख्य बैंकिङ गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
आर्थिक वर्ष २०७५।७६ को बजेट
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५।७६ को बजेट सार्वजनिक गरे । १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरिएकोमा आठ खर्ब राजश्वबाटै उठाउने लक्ष्य लिइएको छ । सोही अनुसार, कर प्रणालीमा कडाइ पनि गरिएको छ । बजेटमा वित्तीय क्षेत्रलाई नौ बुँदामा समेटिएको छ । बैंकिङ पहुँच विस्तारदेखि लिएर विभिन्न कोषहरुको व्यवस्थापन र प्रभावकारी नियमन, एक अर्बभन्दा बढी पुँजी भएका कम्पनी पुँजी बजारमा अनिवार्य लगायतका व्यवस्था गरिएको छ ।
क्यासिनोलाई निर्देशन
नेपाल राष्ट्र बैंकले क्यासिनोहरुलाई विदेशी विनिमय कारोबार सम्बन्धमा इजाजत लिएर मात्रै कारोबार गर्न निर्देशन दियो । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरेको एकीकृत परिपत्र २०७४ मा संशोधन तथा थप व्यवस्था गरी यस्तो निर्देशन दिएको हो । परिपत्रमार्फत राष्ट्र बैंकले क्यासिनोहरुलाई आफ्नो कारोबार बैंकिङ्ग प्रणाली मार्फत सञ्चालन गर्न भनेको छ । क्यासिनोहरुले कारोबारमा प्राप्त हुने नगद विदेशी मुद्राहरु भोलिपल्टै आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
अनलाइन ट्रेडिङ प्रक्रिया
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पूर्ण अनलाइन ट्रेडिङ्ग प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्तिको प्रक्रिया अगाडि बढायो । यसका लागि नेप्सेले नेप्सेले विश्वव्यापी रुपमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । इच्छुक कम्पनीले असार १० गतेभित्रमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । वाईको प्रालीले तयार पारेको अनलाईन अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण, समस्या समधान र प्रमाणीकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया थालेको नेप्सेले जनाएको छ । उक्त कम्पनीको छनौटपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण आरभ्भ गरिने र त्यसपश्चात नियमित सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।
नेपाल बैंकको एफपिओ
नेपाल बैक लिमिटेडले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु) गर्ने प्रक्रिया अघि बढायो । बैंकले उक्त एफपिओ प्रत्याभुतिका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईविएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सिविआईएल क्यापिटल लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र नेपाल एसविआई मर्चेन्ट बैक लिमिटेडसँग सम्झौता गरेको छ ।
मुक्तिनाथ विकास बैंकमा राजश्व तिर्ने सुविधा
मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस लि.बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भयो । सम्झौताअनुसार, कनेक्ट आईपिएस ईपेमेन्ट प्रणाली मार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोबार गर्न सक्नेछन् ।
नेपालमै स्मार्ड कार्ड बनाउने प्रविधि
स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रियो । सरकारी तथा निजी क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिला सुस्तीको अन्त्य गर्न आफु तयार रहेको मालिका इन्कर्पोरेटले जनाएकोे छ ।
शाखा तथा सेवा विस्तार
एनआईसी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको विहीबार उद्घाटन गरियो ।
सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गर्यो ।
जनता बैंक नेपाल लिमिटेडले चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोबार सुरु गर्यो ।
लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विहीबारदेखि एटिएम सेवा संचालनमा ल्यायो ।
ग्लोबल आइएमई बैंकले मंगलबारदेखि लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो ।
कृषि विकास बैंकले कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा अनलाईन बैंकिङको सुरुवात गर्यो ।
गण्डकी विकास बैकको पोखरा स्थित रत्नचोक शाखाको औपचारिक उद्घाटन भयो ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले बलवा नगरपालीका ३, पडौलस्थान, महोत्तरीमा आफ्नो १७ औँ शाखा विस्तार गर्यो ।
संस्थागत सामाजिक उत्तरदायित्व
माछापुच्छ्रे बैंक लिमिटेडले जेठ १६ गते क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामुुलक कार्यक्रम आयोजना गर्यो ।
महालक्ष्मी विकास बैंक लिमिटेडको सुकेधारा शाखाले नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत विभिन्न ५० जना दृष्टिबिहिनहरुका लागि सेतो छडि वितरण गर्यो ।
लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्न भयो ।
महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले काभ्रेस्थित बेथानचोक वडा नं ६ का ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गर्यो ।
रेमिट्यान्स सम्झौता
गरिमा विकास बैंक लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भयो ।
ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सेवा आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भयो ।
गरिमा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भयो ।
सम्मान
आठौँ आईएफसी ट्रेड अवार्डमा एनएमबि बैंक "Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्डबाट सम्मानित भयो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले इमर्जिङ इन्स्योरेन्स अवार्ड, २०१८ अन्तर्गत Best Service Provider in Life Insurance Award, Best Customer Orientation in Life Insurance Award र Growth in Life Insurance Award पायो ।
तालिम तथा अन्तक्र्रिया
कृषि विकास बैंक लिमिटेडको क्षेत्रीय कार्यालय वीरगञ्जले “स्थानीय तहमा कृषि विकास बैंक लि.” विषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो ।
सांग्रिला बिकास बैंकले नबनियुक्त कर्मचारीहरुलाई ११ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम आयोजना गर्यो ।
नेपाल बीमक संघले मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुका लागि २ दिने तालिम सञ्चालन गर्यो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. उपशाखा कार्यालय महेशवारी, सिरहाले आवद्ध ग्राहक सदस्यहरुका लागि व्यवसायिक तरकारी खेती तालिमको आयोजना गर्यो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लघुवित्त व्यवस्थापन सम्मेलनको शुभारम्भ गर्यो ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले लमजुङको तार्कुमा शाखा र सोमबार तनहुँ जिल्लाको पानसयफाट शाखामा एक दिने व्यवसायीक चुरा बनाउने तालिम संचालन गर्यो ।
चौतारी लघुवित्त वित्तीय संस्थाले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।
अन्य
कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई mभचयपष्चबलब।अयm बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्यायो ।
ग्लोबल आइएमई बैंक लि. र भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।


