Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

लहान नगरपालिका र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक 

२०७५ जेष्ठ १६ गते

शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको हो । 

मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । 

यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।