Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

हुलाक बचत बैंक खारेज गरिने, सञ्चित रकम वाणिज्य बैंकहरुमा राखिने

२०७५ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले हुलाक बचत बैंक खारेज गर्ने निर्णय गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हुलाक बचत बैंक खारेज गर्ने र सो बैंकमा रहेको सञ्चित रकमलाई वाणिज्य बैंकहरुमा राख्ने व्यवस्था गरिने बताए । यो बैंकमा कुल दुई अर्ब आठ करोड ४० रुपैया निक्षेप  रहेको छ । २०३३ सालमा स्थापना भएको हुलाक बैंकका कुल ११७ कार्यालयमध्ये ६८ वटाले बैंकिङ कारोबार गर्दै आएका थिए ।