बैंकिङ खबर । सरकारले लघुउद्यम व्यवसायमा पाँच वर्षसम्म आयकर छुट गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यस्तै, बजेटले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । गाडी र मोटरसाइकलमा पनि कर बढाइएको छ । विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने व्यवस्था गरिएको छ ।
