Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा हुने

२०७५ जेष्ठ १५ गते

बैंकिङ खबर । साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा हुने भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका छन् । 

त्यस्तै, सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र र सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने भएको छ । कृषि पशुपालन र माछापालन बीमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, कृषि औजार कारखाना स्थापना गरिने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना, भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने लगायतका विषय बजेटमा समावेश गरिएको छ ।

त्यसैगरी, २ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने बताइएको छ । इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था पनि बजेटमा गरिएको छ । २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने र बाँकीलाई २ वर्षभित्र दिने योजना बजेटमार्फत सार्वजनिक गरिएको छ ।