मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस लि.बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार, connectIPS e-Payment प्रणालीमार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोबार गर्न सक्नेछन् ।
यसका लागि www.connectips.com मार्फत आफ्नो User Id बनाउने र बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंकमार्फत एक पटक रुजु गराउनुपर्ने हुन्छ । यस सेवामार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउने विश्वास लिइएको छ ।
मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत NCHL-ECC (Electronic Cheque Clearing) र NCHL-IPS (Interbank Payment System)का सुविधाहरु पनि बैंकको सबै शाखाबाट लिन सकिन्छ ।