Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

२०७५ जेष्ठ १४ गते

गरिमा विकास बैंक लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यी दुई बैंकबीच ओम डेभलपमेण्ट बैंकले “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ओम डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ओम डेभलपमेण्ट बैंकका ५२वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।