Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एफपिओ प्रत्याभुतिका लागि विभिन्न आठ मर्चेन्ट बैंकरसँग नेपाल बैंकको सम्झौता

२०७५ जेष्ठ १४ गते

नेपाल बैक लिमिटेडले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु) गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले उक्त एफपिओ प्रत्याभुतिका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईविएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सिविआईएल क्यापिटल लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र नेपाल एसविआई मर्चेन्ट बैक लिमिटेडसँग सम्झौता गरेको छ ।

सेयर प्रत्याभुति सम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र प्रत्याभुतिकर्ताहरु ग्लोवल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल, एनआईविएल एस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेख बहादुर थापा, सिभिल क्यापिटल मार्केट लिमिटेडका नि.प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सिविआईएल क्यापिटल लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दाहाल, सनराईज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ, लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका प्रमुख संचालन अधिकृत अतिस श्रेष्ठ, सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र नेपाल एसविआई मर्चेन्ट बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बैकको धर्मपथ स्थित प्रधान कार्यालयमा संयुक्त रुपमा हस्ताक्षर गरे ।

नेपाल बैंकले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ प्रतिसेयर अंकित मूल्य रु १०० मा प्रतिसेयर रु १८० प्रिमियमसहित प्रतिसेयर अधिकतम रु २८० का दरले सार्वजनिक निष्काशन गर्न लागेको छ । नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । 

बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुयाईरहेको यस बैंकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।