Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

अनलाइन ट्रेडिङ प्रणाली परीक्षणको तयारीमा नेप्से, कम्पनी छनौटको प्रक्रिया सुरु

२०७५ जेष्ठ १३ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पूर्ण अनलाइन ट्रेडिङ्ग प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि नेप्सेले नेप्सेले विश्वव्यापी रुपमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । इच्छुक कम्पनीले असार १० गतेभित्रमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

वाईको प्रालीले तयार पारेको अनलाईन अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण, समस्या समधान र प्रमाणीकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया थालेको नेप्सेले जनाएको छ । उक्त कम्पनीको छनौटपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण आरभ्भ गरिने र त्यसपश्चात नियमित सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।