Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषिमा लगानी विस्तार गर्न मुक्तिनाथ विकास बैंकद्धारा iDE Nepal सँग सहकार्य

२०७५ जेष्ठ १० गते

मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि iDE Nepal सँग सहकार्य गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र iDE Nepal को तर्फबाट Country Director Dr. Luke Colavitoले दस्तखत गरे । यस सम्झौता बमोजिम iDE Nepal ले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्ने छ । यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।