शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडले थप पाँच शाखाबाट एकैसाथ कारोबार सुरु गरेको छ । बैंकले गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्डगा.पा. २, रसुवा दोरम्बा शाखा, दोरम्बागा.पा. ३, रामेछाप, तातोपानी शाखा, तातोपानी गा.पा. ३, जुम्ला र कालिकास्थान शाखा, कालिका गा.पा. २, रसुवाबाट कारोबार सुरु गरेको हो ।
यसमध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नती गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यि शाखाहरुमार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखारहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।