Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

कृषि र उर्जामा बैंकिङ लगानी २२.६७ प्रतिशत

२०७५ जेष्ठ ९ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले कृषि तथा उर्जामा २२.६७ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, चैत्र मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुले गरेको कुल लगानीको २२.६७ प्रतिशत लगानी कृषि तथा उर्जा क्षेत्रमा गएको छ । 

उक्त क्षेत्रमा सरकारी स्वामित्वका बैंकहरुको २५.५४ प्रतिशत लगानी भएको छ भने निजी क्षेत्रका बैंकहरुको २२.३२ प्रतिशत लगानी उक्त क्षेत्रमा छ । कृषि तथा उर्जा क्षेत्रमा सबैभन्दा धेरै एनएमबि बैंकको ३९.३४ प्रतिशत लगानी रहेको छ भने सबैभन्दा कम नेपाल बंगलादेश बैंकको ०.२९ प्रतिशत मात्रै रहेको छ ।