बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जसअनुसार, उनीसँग एक करोड ५५ लाख रुपैयाँ नगद सम्पत्ति रहेको छ । जसमध्ये, ६२ हजार ७०३ डलर रहेको छ भने बाँकी नेपाली रुपैयाँ रहेको छ ।
अर्थमन्त्री डा. खतिवडालाई उक्त रकमको स्रोत संयुक्त राष्ट्रसंघको सेवा र सोको ब्याज रहेको बताएको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको सेवा, परामर्श सेवा, घरायसी वचतको ब्याजबाट आम्दानी गरेको उनले उल्लेख गरेका छन् ।
नगदबाहेक, सावल सहकारीमा उनको ५ लाख रुपैयाँ सेयर लगानी रहेको छ । त्यस्तै, उनको स्वामित्वमा ३६ लाख रुपैयाँको कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
आफ्नो र श्रीमती कमला खतिवडाको नाममा काठमाडौं, भक्तपुर र झापामा गरी झण्डै ५० आना जग्गा रहेको उनले बताएका छन् । यस्तै १० तोला सुन र १ किलो चाँदी रहेको उनले बताए ।

