बैंकिङ खबर । प्रदेश नं. ७ को महेन्द्रनगरमा बैंकिङ ट्रेनिङ हुने भएको छ । वित्तीय जागरण राष्ट्रिय अभियानको नेतृत्व गरिरहेको मिडिया इन्टरनेशनलको सहकार्यमा बैंकिङ खबर डट कमले बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको हो ।
ट्रेनिङ जेठ १७ गतेदेखि २१ गतेसम्म दिउसो २ बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ ट्रेनिङ उपयोगी हुने बताइएको छ ।
बैंकमा काम गर्न चाहने तर आवश्यक वित्तीय चेतना नभएका, बैंकिङ क्षेत्रबारे चासो राख्ने, बैंकमा काम गरिरहेका तर वित्तीय ज्ञानमा कमजोर एवम् उद्यमी तथा व्यवसायी बन्न चाहाने युवा वर्गलाई तालिमले लक्षित गरेको छ । तालिममा सहभागी हुनका लागि कुनै किसिमको अनुभव नचाहिने र जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताइएको छ । प्रशिक्षण सम्बन्धित विषयका जानकारहरुद्धारा दिइनेछ ।
थप जानकारीका लागि ९८६५९५४८८० र ९८६१३१५११७ मा सम्पर्क गर्न आह्वान गरिएको छ ।

