Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

म्युचुअल फण्डका प्रकार : कुनमा कस्तो सुविधा ?

२०७५ जेष्ठ ८ गते

बैंकिङ खबर । लगानीयोग्य वित्तीय उपकरणहरुको संग्रहलाई सामान्य अर्थमा म्युचुअल फण्ड भनिन्छ । यसमा दुई वा सो भन्दा बढी व्यक्ति, कम्पनी वा संस्थाहरुको रकम लगानीको लागि संग्रहित हुन्छ । संग्रहित रकमलाई विभिन्न वित्तीय उपकरणहरुमा लगानी गरिन्छ । लगानीबाट प्राप्त प्रतिफल लगानीकर्ताहरु बीच बाँडिन्छ । म्युचुअल फण्डलाई विभिन्न कोणबाट बर्गिकरण गरेको पाइन्छ । 
१. फण्ड संचालनको आधारमा : 
(क) खुलामुखी योजना :
 निरन्तर रुपमा खरिद बिक्री गर्न सक्ने प्रावधान भएको योजनालाई खुलामुखी योजना भनिन्छ । फण्डद्धारा घोषित ल्ब्ख् मा जुनसुकै बेला युनिटको खरिद बिक्री गरिने भएकोले यसलाई अधिक तरल योजना मानिन्छ । यसको कुनै भुक्तानी म्याद हुँदैन ।
(ख) बन्दमुखी योजना : तोकिएको अवधिभित्र खरिद गरिसक्नु पर्ने, रकम निश्चित भएको र निश्चित भुक्तानी अवधि भएको योजनालाई बन्दमुखी योजना भनिन्छ । सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गरिने यसका युनिटहरु दोश्रो बजारमा खरिद बिक्री हुन्छन् । माग र आपूर्तिको आधारमा निर्धारण हुने बजार मूल्य ल्ब्ख् भन्दा घटी वा बढी दुबै हुन सक्छ ।
२. प्रतिफलको आधारमा
(क) बृद्दि योजना :
 नियमित प्रतिफल भन्दा पुँजीगत लाभ अर्थात पुँजी बृद्दिको उद्देश्य सहित संचालन गरिने फण्डलाई बृद्दि योजना भनिन्छ । संगठित संस्थाको इक्वीटीमा यसको ठूलो हिस्सा लगानी गरिने भएकोले तुलनात्मक रुपमा जोखिमयुक्त मानिन्छ । मध्यम तथा दीर्घकालिन रुपमा आफ्नो पुँजीमा बृद्दि चाहने लगानीकर्ताहरु यस्तो योजनामा सहभागी हुन्छन् । यसलाई इक्वीटी फण्ड स्कीम पनि भनिन्छ ।
(ख) आम्दानी योजना : लगानीकर्ताहरुलाई नियमित रुपमा प्रतिफल उपलव्ध गराउने उद्देश्यले संचालित फण्डलाई आम्दानी योजना भनिन्छ । यस्तो फण्डले निश्चित आम्दानी हुने उपकरणहरुमा आफ्नो लगानी केन्द्रित गर्दछ । बण्ड, संस्थागत ऋणपत्रहरु, सरकारी सुरक्षणपत्रहरु, मुद्रा बजारका अन्य उपकरणहरु यस्तो फण्डको लगानी गर्ने क्षेत्रहरु हुन् । बृद्दि योजनामा भन्दा आम्दानी योजनामा कम जोखिम हुन्छ । यसलाई डेब्ट ओरिएन्टेड स्कीम पनि भनिन्छ ।
(ग) सन्तुलित योजना : पुँजीगत लाभ र नियमित आम्दानी दुबै एकसाथ प्राप्त गर्ने उद्देश्यले संचालित योजना सन्तुलित योजना हो । यस्तो योजना अन्तर्गत इक्वीटीको साथ साथै नियमित रुपमा निश्चित आम्दानी प्राप्त हुने उपकरणहरुमा पनि लगानी गरिन्छ । मध्यम स्तरको जोखिम बहन गर्न तयार लगानीकर्ताहरु यस्तो योजनामा सहभागी हुन्छन् ।