May 17th, 2016

एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड १५ लाख

everestनिजी क्षेत्रको निर्जीवन बिमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनिले गत वर्षकोभन्दा ८३.३३ प्रतिशत बढी मुनाफा कमाएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनिले ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनिको जगेडाकोषमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनिको आम्दानी ६१.५३ प्रतिशत बढेर १ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खर्च ३५.०६ प्रतिशत बढेर ९६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बिमा शुल्क (खुद) वापत कम्पनिले ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ भने ४ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ दाबी भुक्तानी गरेको थियो । 

प्रतिशेयर आम्दानी वार्षिक ११.४४ रुपैयाँ भएको कम्पनिको मुल्य आम्दानीको अनुपात १२०.५८ गुणा र प्रतिशेयर नेटवर्थ ३००.६९ रुपैयाँ रहेको छ ।