Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नेपाल पूर्वाधार विकास बैंकले पायो सैद्धान्तिक सहमति

२०७५ जेष्ठ ६ गते

बैंकिङ खबर । नेपाल पूर्वाधार विकास बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ।नेपाल सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको बैंकले आइतबार सैद्धान्तिक स्वीकृति पाएको हो ।

२० अर्व रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेको छ । इमर्जिङ नेपाल नामको पूर्वाधार कम्पनीले गत भदौ १४ गते सञ्चालन स्वीकृति माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो। प्रस्तावित बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व मूख्य सचिव डा. विमल कोइराला छन्।