May 17th, 2016

नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैँकले बिमा सुविधा दिने

rbbराष्ट्रिय वाणिज्य बैँकले नेपाल प्रहरीलाई बिमा सुविधा दिने भएको छ । बैँकले प्रहरी अधिकृत तथा जवानका लागि १/१ लाख रुपैँयाको दुर्घटना बिमा गर्ने भएको हो । आगामी आर्थिक वर्ष २०७३/०७४ देखि लागू हुने गरी ७२ हजार प्रहरीका लागि दुर्घटना बिमा गर्न लागेको बैँकले जनाएको छ । नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैँकबाट मात्रै आर्थिक कारोबार गर्ने भएपछि  बैँले बिमा सुविधा दिन लागेको बताइएको छ । 

नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैँमबाट मात्रै आर्थिक कारोबार गर्ने गरी केही दिनभित्रै समझदारी गर्न लागेको छ । जसअन्तर्गत, प्रहरीको तलब/भत्ता, रासन, भ्रमण खर्चलगायतका नगद कारोबार देशभरका राष्ट्रिय वाणिज्य बैँक तथा यसका शाखाहरुबाट मात्रै हुनेछ । तलबभत्ता रासनलगायत सेवासुविधामा प्रहरीका लागि मासिक १ अर्ब ३० करोडभन्दा बढी खर्च हुन्छ ।

सरकारी स्वामित्वको उक्त बैँकले ६७ जिल्लाबाट कारोबार गर्दै आएको छ । जसमध्ये ६१ जिल्लामा सदरमुकामबाट मात्रै कारोबार हुने गरेको छ ।